काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकामा ६३ लाखको क्षति भएको छ।
कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार कामपा ३२ को वडा कार्यालय भवन अधिक क्षति भएको छभने वडा १३ मा आंशिक क्षति भएको छ।
कामपा ३२ मा सबैभन्दा बढी क्षति पुगेकाले हालसम्म पनि कार्यालयबाट नागरिकलाई सेवा प्रदान गर्न नसकिएको उनले बताए।
सहायक प्रवक्ता काफ्लेका अनुसार कामपा ६ को वडा कार्यालय, वडा नं ७ मा आंशिक रूपमा क्षति भएको छ। बग्गी खानामा रहेको नगरप्रहरी बिट पूर्ण रूपमा क्षति भएको बताउँदै उहाँले मीनभवनस्थित नगरप्रहरीको पूर्व क्षेत्रमा रहेको कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए।
कामपाले प्रदर्शनका क्रममा क्षति भएका र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सरसफाइ, मर्मत र रङरोगनको काम गरिरहेको प्रवक्ता काफ्लेले बताए।
उनका अनुसार प्रदर्शनका क्रममा टुटफुट भएका विद्युतीय सामग्रीहरू खरिद गर्ने काम पनि आवश्यकताअनुसार भइरहेको छ। कामपा ३२ वडा कार्यालयबाट कहिले नागरिकलाई सेवा प्रदान गर्न सकिन्छ भन्ने विषय अझै अन्यौल रहेको उनले जानकारी दिए।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार












प्रतिक्रिया