एजेन्सी ।  चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ ।

बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने तीन जना सुरुङभित्र फसेका थिए ।
शनिबार बिहान १ः२० बजे उद्धार गरिएका ती तीनै जनाको चिकित्सा टोलीले मृत्यु पुष्टि गरेको छ ।

advertisement

यो खानी सन् १९९८ मा निर्माण गरिएको थियो र मार्च सन् २०२४ देखि सुरक्षा कारणले मर्मतकार्यको क्रममा थियो । प्रारम्भिक जाँच अनुसार लगभग ५०० घनमिटर मलबा खसेर सुरुङ भत्किएको छ ।

अहिले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com