काठमाडौं । टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक युवक बेपत्ता भएका छन्।
बेनी नगरपालिका-८ कालीपुल बसपार्क नजिकै गण्डकी होटल एण्ड रेष्टुरेन्ट पछाडि शनिबार दिउँसो भिडियो खिच्ने क्रममा चिप्लिएर नदीमा खसेका कालीकोट शुभकालिका गाउँपालिका-८ का २२ वर्षीय सदान्द पोखरेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरी निरीक्षक सागर पौडेलका अनुसार पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा अवस्थित ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। उनको खोजीका लागि प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको नेतृत्वमा टोली परिचालन गरिएको छ।
हालसम्म उनको कुनै सुराग फेला परेको छैन र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार












प्रतिक्रिया