काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गरेका छन् ।

आइतबार बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल र डिनहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पुनले त्रिवि सुधारका योजना माग गरेका हुन् ।

advertisement

शिक्षा मन्त्रीको सचिवालयका अनुसार मन्त्री पुनले समयमा नतिजा निकाल्न नसक्नुको कारणबारे जिज्ञासा राखेका थिए । ‘त्रिविको अहिलेको स्थिति के हो ? सुधारको योजना के छ ? तत्काल समाधान र आइडिया पनि मन्त्रीज्यूले माग्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘नतिजा कति दिनमा सार्वजनिक हुन्छ ? अन्तर्राष्ट्रिय विद्यार्थी किन आएका छैनन् ? यसमा पनि मन्त्रीज्यूले समाधान माग्नु भएको छ ।’

छलफलमा सहभागी त्रिविका पदाधिकारीले पनि मन्त्री पुनले सुधारको योजना माग गरेको बताए । ‘त्रिविको डेटाबेस हुनुपर्‍यो । कुनमा कति विद्यार्थी छन् ? सय दिनमा नतिजा सार्वजनिक हुनुपर्‍यो । अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण गर्नुपर्‍यो भन्नुभएको छ । मुख्यत: त्रिविको सुधारको विषयमा छलफल भयो,’ छलफलमा सहभागी ती अधिकारीले भने ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com