काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफूले पाएको म्यान अफ यिद म्याचको अवार्ड जेनजी आन्दोलमा सहिद भएकालाई समर्पित गरेका छन्।

उनले शनिबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा शान्दार प्रदर्शन गरेपश्चात उक्त अवार्ड पाएका थिए। अवार्ड पाएपछि उनले भने, ‘मैले पाएको म्यान अफ दि म्याचको अवार्ड नेपालमा जेनजी आन्दोलनमा सहिद भएकोहरूलाई सर्मिपत गर्न चाहन्छु।’

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा परि ८२ जनाले ज्यान गुमाएका छन्।

नेपालले शनिबार वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्द ऐतिहासिक जित निकाल्यो। अब नेपालले सोमबार र मगंलबार वेस्ट इन्डिजसँग दोसो र तेस्रो सिरिज खेल्ने छ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com