काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

मेयर साम्पाङले आइतबार दल दर्ताका लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

advertisement

‘हर्कबहादुर राईलाई संयोजक राखेर दल दर्ताका लागि निवदेन दिनु भएको छ। पार्टीको नाम श्रम संस्कृति पार्टी र चुनाव चिह्न माटाको ढिस्को प्रस्तावित छ,’ उनले भने।

मेयर साम्पाङले केही समय अघिदेखि नै दल दर्ताको तयारी गरेका थिए।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com