काठमाडौं । गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा उत्पन्न हुन सक्ने जटिल परिस्थितिसमेत सामना गर्न नेपाल प्रहरीलाई उच्च मनोबल र व्यावसायिकतासहित काम गर्न निर्देशन दिएका छन्।

आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले चाडपर्व नजिकिएकाले विशेष सुरक्षा योजना र रणनीति बनाएर कार्यान्वयनमा ल्याउन आग्रह गरे। समाजमा शान्ति–सुरक्षा कायम गर्न अझ बढी नागरिक सेवाभिमुख र कटिबद्ध हुनुपर्नेमा उनले जोड दिए।

advertisement

गृहसचिव दङ्गालले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आन्तरिक सुरक्षासँगै सीमा क्षेत्रमा बढ्न सक्ने आपराधिक गतिविधि नियन्त्रणमा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्।

त्यस अवसरमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले संविधान र ऐनले दिएको अधिकारभित्र रहेर नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सधैं निष्ठापूर्वक संलग्न रहेको उल्लेख गरे।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले संगठनको संरचना, अपराध अनुसन्धान, शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, कारबाही तथा परिचालनमा देखिएका चुनौती र आगामी कार्यदिशाबारे गृहसचिवलाई प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com