काठमाडौं । नेपाल प्रहरीले चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौं उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने तयारी गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दसैँ, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर प्रमुख जिल्ला अधिकारीको कमान्डमा प्रहरी परिचालन भएका छन् ।

advertisement

अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ‘डग स्निफिङ’, सादा पोसाकका प्रहरी परिचालन, ‘सिआरभी’, ‘क्युआरटी’लाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको छ ।

यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरी काम सुरु गरिएको र ‘ड्रोन’बाट समेत निगरानीको काम हुने भएकाले निर्धक्क र चनाखो भएर दसैँ, तिहारलगायत चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा कारागारमा रहेका केही कैदीबन्दी पनि फरार रहेकाले यस वर्ष चोरी, लुटपाटलगायत घटना हुनसक्ने भएकाले टोल, छिमेकमा नयाँ व्यक्ति अथवा फरार रहेका व्यक्ति देखिए प्रहरीलाई खबर गर्न समेत प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com