काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सत्ताको चाकरी गरेर उपल्लो दर्जा प्राप्त गर्ने भ्रम पाल्न नहुने बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै बस्नेतले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका सवालमा आवाज उठाउनेलाई सजाय दिने सोच हावामा बनाएको महलसरह हुने टिप्पणी गरे। “विदेशी दलालहरूको विरोध गरेको कारण कसैलाई दण्डित गर्न सकिन्छ भन्ने सोच राख्नेहरू गलत छन्,” उनले लेखेका छन्।

advertisement

उनले वर्तमान सरकारलाई ‘जेनजी आन्दोलनको रगतमा बनेको सरकार’ को संज्ञा दिँदै त्यसमा रमाउनेहरू भ्रममा रहेको बताए। “सत्ताको चाकरी गरेर उच्च दर्जा पाइन्छ भन्ने सोचमा नअल्झिनुहोस्,” बस्नेतले स्पष्ट पारे।

सामाजिक र राजनीतिक उतारचढावलाई चित्रण गर्दै उनले भने, “पृथ्वी गोलो छ, आज जो माथि छ भोलि तल पर्न सक्छ।” उनले ऐतिहासिक भनाइ उद्धृत गर्दै सत्तामा आउने–जाने क्रम प्राकृतिक भएकाले अस्थायी शक्तिमा मक्ख पर्नु नपर्ने धारणा राखे।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com