काठमाडौं । हामी नेपालका संयोजक तथा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आफू कुनै पनि राजनीतिक दलसँग नजोडिएको स्पष्ट गरेका छन्। सामाजिक सञ्जालमा महेश बस्नेतको तस्बिरसहित स्टाटस लेख्दै उनले अब बस्नेतविरुद्ध प्रतिवाद गर्ने संकेत गरेका हुन्।
गुरुङले जेन–जी आन्दोलनमा बलिदान दिएका युवा–युवतीको रगतलाई अपमान गर्ने प्रयास अस्वीकार्य हुने बताएका छन्। उनले आन्दोलनलाई दलगत स्वार्थको आधारमा व्याख्या गर्न खोज्नेहरूलाई चेतावनी दिँदै, ‘हामी एमाले वा बामासँग होइन, न्यायसहितको परिवर्तनसँग छौँ,’ भनेका छन्।
यसअघि पनि उनले आन्दोलन हिंसात्मक नभई शान्तिपूर्ण र रूपान्तरणमुखी हुनुपर्नेमा जोड दिएका थिए। ‘कसैको घरमा आक्रमण गर्नु वा तोडफोड गर्नु समाधान होइन, बरु यसले देशलाई अझ ठूलो क्षति पुर्याउँछ,’उनले सचेत गराएका थिए।
गुरुङले आन्दोलनको मूल आधार आशा र सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै भनेका छन्, ‘हाम्रो आन्दोलन घृणाको होइन, आशाको हो। यो विनाशको होइन, निर्माणको आन्दोलन हो। सम्पूर्ण देशलाई देखाऔं कि जेन–जी क्रोधले होइन, बुद्धिमताले नेतृत्व गर्न सक्छ।’
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












प्रतिक्रिया