काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको दाबी गरेका छन्।
सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भनेर नवयुवालाई विश्वास दिलाउन नसक्दा राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट देशलाई जोगाउन नसकेको उनको भनाइ छ।
‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो। राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरूको खेलबाट हामीले आफूलाई जोगाउन सकेनौँ। हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो’, महासचिव पोखरेलले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरूको विश्वास जित्न सकेनौँ।
उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौँ। तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशिता, लोकतान्त्रिक गणतन्त्र र स्वाधीनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन।’
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












प्रतिक्रिया