काठमाडौं। नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीले संगठनभित्र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन्।
दशैंको अवसरमा दिएको शुभकामना सन्देशमा दाहालले जेन–जी आन्दोलनले उत्पन्न गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै माओवादी केन्द्रले संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको कदम अघि बढाएको बताएका छन्।
‘जेन–जीको माग र चेतनासँग हाम्रो पार्टीले ऐक्यबद्धता जनाउँदै पुस्तान्तरणको बाटो रोजेको छ,’ दाहालको सन्देशमा उल्लेख छ।
उनले माओवादीले विगतदेखि उठाउँदै आएका धेरै मुद्दा अहिले पुनः चर्चामा आएको दाबी पनि गरे। ‘प्रत्यक्ष निर्वाचित कार्यकारीसहित संविधान निर्माण प्रक्रियामा सम्बोधन हुन नसकेका प्रश्नहरू अहिले फेरि मुखरित भइरहेका छन्,’ दाहालले भनेका छन्।
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












प्रतिक्रिया