काठमाडौं । जेन जी आन्दोलन पछिको घटनाक्रमबारे छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

आन्दोलन पछिको घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७(२९ मा काठमाडौँमा बस्ने भएको हो । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९(२० मा काठमाडौँमा एमालेले जनाएको छ ।

advertisement

बैठकमा भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको विषयमा पनि छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com