काठमाडौं । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अद्यावधिक गरेको विवरणअनुसार संखुवासभा र रसुवाका सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ।

संखुवासभामा कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा वर्षाका कारण बाटो अवरुद्ध भएको छ। यी दुई स्थानमा सडक पूर्ण रूपमा बन्द हुँदा यातायात आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

advertisement

त्यस्तै, बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुलमा आएको बाढीले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले गर्दा रसुवागढी नाका हुँदै हुने व्यापारिक तथा यातायात आवागमन रोकिएको छ।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com