काठमाडौं । महान् पर्व दसैँ नजिकिँदै गर्दा उपत्यकाका सडकहरू असामान्य रूपमा सुनसान भएका छन् ।
सामान्यतया भीडभाड र ट्राफिक जामले भरिने काठमाडौँ अहिले शान्त बनेको छ ।
दसैँ–तिहार घरमै परिवारसँग मनाउन राजधानीवासी ठूलो संख्यामा गाउँतिर फर्किएका छन् । त्यस्तै, उपत्यकामा बसोबास गर्ने स्थानीयवासी पनि घरबाहिर कम निस्किने भएकाले सडक चहलपहल घटेको हो ।
प्रहरीका अनुसार अहिलेसम्म करिब पाँच लाख मानिस काठमाडौँ छोडी आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । यस कारण उपत्यकामा सामान्य दिनभन्दा निकै कम सवारीसाधन देखिन थालेका छन् ।
प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार












प्रतिक्रिया