काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले राजनीतिको नेतृत्व र समाज व्यवस्थामा पुस्तागत संयोजन आवश्यक पर्ने बताएका छन्। पूर्वीय दर्शनले समाजलाई चार पुस्ताको संयोजनका रूपमा हेर्ने गरेको बताउँदै पोख्रेलले एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनलाई अगाडि सारेको दाबी गरे।
पोख्रेलले लेखेका छन्, ‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन। खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा हुन्छ। तर समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ।’
उनले नयाँ पुस्ताको ऊर्जा र आकांक्षा महत्त्वपूर्ण भए पनि त्यसैलाई मात्र भविष्यको बाटो ठान्नु भ्रम हुने पनि स्पष्ट पारेका छन्।
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया