काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिलेलाई बन्द गरिएको छ।

लगातारको झरीले उडान गर्ने अवस्था नभएपछि बिहानबाट अहिले १० बजेसम्मका लागि आन्तरिक उडान बन्द गरिएको विमानस्थलले जनाएको छ।

advertisement

त्यसपछि मौसम हेरेर उडान सुरू गर्ने कि नगर्ने भनेर निर्णय गरिने सूचना विमानस्थलले सबै हवाई सेवा कम्पनीहरूलाई दिइसकेको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म पानी परिरहने अनुमान गरेको छ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com