काठमाडौं । जेन–जी आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका आन्दोलनकारीलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर भेट गरेका छन्।

श्रेष्ठले अस्पतालमा उपचाररत युवाहरूको स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनका अनुसार हालसम्म ४१ जना घाइते उपचारपछि घर फर्किसकेका छन् भने ५ जना विभिन्न वार्डमा उपचाररत छन्।

advertisement

उनले चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीले निष्ठापूर्वक सेवा प्रदान गरेको भन्दै घाइतेहरूको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए। साथै, आन्दोलनकारीहरूको ‘सौर्यमय संघर्ष खेर नजाने’ प्रतिबद्धता पनि व्यक्त गरे।

 

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com