काठमाडौं । विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरीका ७ हजार बढी जनशक्ति परिचालन भएका छन् । ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ७ हजार ३१५ जना सशस्त्र प्रहरी परिचालन भएका छन् ।

advertisement

विभिन्न टोलीले जनचेतनाका लागि माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ ।

२६ वटा विपद् प्रतिकार्य वेश तयार गरिएको छ । ९ वटा  विपद् प्रतिकार्य वेश यस अगाडि नै रहेका थिए । यी सबै वेशमार्फत काम भइराखेको छ ।

९९० जना स्वयंसेवक तयार गरिएको छ । उनीहरूलाई १८ दिने तालिका दिएर तयारी अवस्थामा राखेको हो ।

उद्धार उपकरणहरू समेत तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार तुरुन्तै प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com