काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् ।

महासचिव पोखरेलले आज अपिल जारी गर्दै जनसुरक्षालाई प्राथमिकता दिई सरोकारभएका राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिएका छन् ।

advertisement

साथै उनले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गरेका छन् ।

‘यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु’, महासचिव पोखरेलले भनेका छन् ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com