काठमाडाैं । काठमाडौंको खराब मौसमका कारण शनिबार बिहान विराटनगरबाट उडेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरण गर्न नसकी पोखरा डाइभर्ट गरिएको छ।

विमानले बिहान ९ः२२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ।

advertisement

यसअघि शुक्रबार राति यती र बुद्ध एयरलाइन्सका एक/एक जहाज काठमाडौं फर्किएका थिए। शनिबार बिहान विराटनगरबाट आएको जहाज मात्र पोखरा अवतरण भए पनि त्यसपछि मौसम थप प्रतिकूल बन्दै गएपछि कुनै उडान वा अवतरण हुन सकेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार निरन्तर वर्षासँगै लागेको कुहिरो र हुस्सुका कारण आवश्यक दृश्यता (भिजिबिलिटी) नपुगेकाले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो।

‘वरिपरिका डाँडापाखा देखिँदैनन्, त्यसैले उडान–अवतरण सम्भव छैन,’’ प्रवक्ता रेग्मीले बताइन्। उनका अनुसार शनिबार दिनभरि पोखराबाट दुईवटा मात्र जहाज काठमाडौं गएका थिए।

गण्डकी प्रदेशमा शुक्रबार साँझदेखि सुरु भएको वर्षा र लगातार परेको कुहिरोका कारण विमानस्थल सञ्चालनमा समस्या भएको हो।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com