काठमाडाैं । निरन्तर वर्षासँगै बाढी-पहिरोको सम्भावना बढेपछि हेटौँडा–काठमाडौं जोड्ने सबै वैकल्पिक सडकमार्गमा सवारीसाधन सञ्चालन रोकिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार कान्तिलोकपथ, हेटौँडा-भैँसे-फाखेल सडक र हेटौँडा–चित्लाङ-काठमाडौं सडकमार्गमा आज बिहानदेखि यातायात आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

advertisement

उनका अनुसार हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनलाई प्रहरीले चौकीटोल, भैँसे र पिप्ले क्षेत्रमा रोकिरहेको छ। अचानक सडक बन्द भएपछि यात्रुहरू बीचमै अलपत्र परेका छन्।

हालसम्म ती सडकमा ठूला बाढी वा पहिरो नपरे पनि लगातार वर्षाले जोखिम बढेकाले सुरक्षा दृष्टिले यातायात रोकिएको प्रहरी प्रवक्ता बोगटीले स्पष्ट पारे।

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले असोज २० गतेसम्म अत्यावश्यक बाहेक टाढा र रातिको यात्रा नगर्न सबैलाई अनुरोध गरेका छन्। उनले जिल्लावासीलाई सचेत रहन र सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com