काठमाडौ । हाल देशभर निरन्तर वर्षा, बाढी, डुबान र पहिरोका कारण सिर्जित संकटपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आम जनता पार्टी (आजपा) ले आफ्ना नेताकार्यकर्तालाई उद्धार, राहत र सहयोगमा सक्रिय रहन निर्देशन दिएको छ।

आजपा प्रवक्ता चन्द्र भूषण साहले शनिबार जारी गरेको विज्ञप्तिमा पार्टीका सबै तहका जिम्मेवारलाई तत्काल उद्धार, राहत तथा सहजीकरण कार्यमा जुट्न अनुरोध गरिएको छ।

advertisement

यससँगै पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा हुने भनिएका दसैँ, तिहार (दीपावली) र छठ पर्वका अवसरमा तय गरिएका प्रशिक्षण, भेटघाट र शुभकामना आदान–प्रदानजस्ता सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आकस्मिक अवस्थामा नागरिकको सुरक्षा, राहत र सहयोग कार्यलाई पहिलो प्राथमिकता दिँदै सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।’

साथै आजपाले सर्वसाधारण नागरिकलाई जलजन्य रोग फैलिन नदिन सरसफाइमा ध्यान दिन, सफा खानेपानी मात्र प्रयोग गर्न, जोखिमयुक्त स्थानमा नजान र आवश्यक परेमा नजिकको सुरक्षाकर्मी वा स्थानीय प्रशासनसँग तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com