काठमाडौं । शनिबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ।

advertisement

पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये शनिबार रातिसम्म १५ वटा ढोका खोलिएका छन्। शनिबार दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक थियो।

साथै तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com