काठमाडौं ।  इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ ।

उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

advertisement

माङसेबुङ गाउँपालिका, इलाम नगरपालिका र मानेभञ्ज्याङ इलाकामा पहिरोबाट क्षति भएकाले २१ बाहिनी अड्डा र अन्तर्गतका इकाइबाट सुरक्षाकर्मी परिचालन गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com