काठमाडौं ।  नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार विपद्पछिको अवस्थाबारे छलफल गर्ने पहिलो कार्यसूची छ ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द्र आचार्यका अनुसार पार्टीको सचिवालय बैठक सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।

advertisement

बैठकमा विपद्पछिको अवस्थाका साथै पार्टीका अन्य विषयमा समेत छलफल हुनेछ । महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा समेत छलफल गर्न लागिएको छ ।

यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसागै आगामी मंसिरको अन्तिमसाताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।

अब बस्ने सचिवालय बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा समेत छलफल हुनेछ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com