काठमाडौं । हालैको बाढी र पहिरोले देशभर पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले विपद्‌ प्रतिकार्यमा सक्रिय सरकार र सुरक्षाकर्मीप्रति धन्यवाद ज्ञापन गरेका छन्।

आइतबार जारी सन्देशमा सभामुख घिमिरेले असोज १६ गतेदेखि सुरु भएका अविरल वर्षा, बाढी र पहिरोका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको र ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै आफू मर्माहत र दुःखी भएको बताएका छन्।

advertisement

उनले लेखेका छन्, ‘सरकारका तर्फबाट उद्धार तथा पुनर्स्थापनाका कार्यमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली र स्वयंसेवकहरूलाई व्यापक रूपमा परिचालन गरिनु प्रशंसनीय छ। यो कठिन परिस्थितिमा सबैको संयम र सहयोग प्रशंसाको योग्य छ।’

घिमिरेले विपद्‌पीडित नागरिकहरूप्रति गहिरो सहानुभूति र संवेदना प्रकट गर्दै राहत र पुनःस्थापनामा अझ प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

‘चुनौतीपूर्ण घडीमा एकजुट भएर अघि बढे मात्र विपद् पार गर्न सकिन्छ, त्यसैले उद्धार र राहत कार्यमा संलग्न सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशबासीलाई आग्रह गर्दछु,’ सभामुख घिमिरेको सन्देशमा उल्लेख छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com