काठमाडौं । बीपी राजमार्ग अवरुद्ध भएपछि उपचारमा समस्या भएका बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

दुवै मिर्गौला फेल भएर उपचारमा आउँदै गर्दा बीपी राजमार्गको चौकीडाँडा ‘नेपालथोक सडकखण्ड अवरुद्ध भएपछि मङ्गलटारमा फसेका सिन्धुलीका ज्ञानकुमार मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।’

advertisement

शनिबारदेखि मंगलटारमा फसेका मगरको दुवै मिर्गौला फेल भएको र राजमार्गबाट ल्याउन असम्भव भएको कारण हेलिकप्टर मार्फत उद्धार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार मिर्गौला फेल भएका ज्ञानकुमार मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ पठाईएको जानकारी दिए ।

उपचारको लागि मगरलाई नेपाल भारत मैत्री अस्पताल मित्रपार्क लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com