काठमाडौं । एयर इन्डियाको विमानलाई बेलायतमा आकस्मिक अवतरण गरिएको छ । भारतको अमृतसरबाट बर्मिंघम गइरहेको एयर इन्डियाको उडान नम्बर एआई११७ लाई विमानलाई बेलायतमा आकस्मिक अवतरण गरिएको हो ।

विमानको आपत्‌कालीन र्‍याम एयर टर्बाइन (आरएटी) अवतरण आफैँ सक्रिय भएपछि अवतरण गरिएको हो ।

advertisement

विमानले सुरक्षित अवतरण गरेको छ । विमानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

“बर्मिंघममा अवतरण सुरक्षित भयो । सबै विद्युतीय तथा हाइड्रोलिक उपकरण सामान्य अवस्थामा काम गरिरहेको पाइएको छ,” एयर इन्डियाले पुष्टि गरेको छ ।

एयर इन्डियाका अनुसार, शनिबार अन्तिम एप्रोचको क्रममा आरएटी प्रणाली आफैँ सक्रिय भएको थियो । एयर इन्डियाले एक वक्तव्यमा भनेको छ, “उडान एआई ११७ का चालक दलले बर्मिंघम पुग्नु ठिक अगाडि आरएटीको सक्रियतालाई नोटिस गरे । सबै विद्युतीय र हाइड्रोलिक मानकहरू सामान्य पाइएपछि विमानले सुरक्षित अवतरण गर्‍यो ।”

कम्पनीका अनुसार, विमानलाई प्राविधिक जाँचका लागि ग्राउन्ड गरिएको छ । फर्कने उडान एआई ११४ (बर्मिंघमबाट दिल्ली) रद्द गरिएको छ । प्रभावित यात्रुका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।

आरएटी के हो ?
र्‍याम एयर टर्बाइन एक आपतकालीन उपकरण हो । जसले विमानमा इन्जिन आपूर्ति फेल भएको अवस्थामा हावाको शक्तिबाट बिजुली र हाइड्रोलिक प्रेसर उत्पन्न गर्छ । यो प्रणाली सामान्यतया गम्भीर आपत्‌कालीन परिस्थितिमा मात्र सक्रिय हुन्छ ।

गत जुनमा अहमदाबाद विमान दुर्घटनाको बेला पनि आरएटी आफैँ सक्रिय भएको थियो । त्यस घटनाको प्रारम्भिक जाँचमा इन्धन आपूर्तिमा अवरोध आउँदा इन्जिन बन्द भएको र त्यसले गर्दा आपत्‌कालीन संयन्त्र सक्रिय भएको पत्ता लागेको थियो ।

इन्डिया टुडे

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com