काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको टरिनसकेको भन्दै उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘यस्तो अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरू, जङ्गी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षलाई जनता र राष्ट्रले भोगिरहेको यो आपत् र विपतको बेलामा युद्ध स्तरमा जनताको सेवामा उत्रिन आह्वान गर्दछु ।’

advertisement

साथै उनले मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्ब राहत सुविधाहरू पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन म सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com