काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरूद्ध सडक छिटो भन्दा छिटो सुचारू गराउने बताएका छन् ।
बाढी, पहिरो र डुबानका कारण अवरूद्ध हुन पुगेका सबै सडकहरू तत्काल सुचारू गराउने गरी कामलाई अघि बढाइएको पनि उनले स्पष्ट पारे । आइतबार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरूद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरूको प्रयोग गर्न पनि यातायात व्यवसायीहरूलाई आग्रह गरे ।
उनले अवरूद्ध सडकहरू खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताए । मन्त्री घिसिङले सरकारले क्षति भएका ब्रिज तथा बेलिब्रिजहरूको जडान कार्यलाई पनि अघि बढाइसकेको बताए ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया