काठमाडौं ।  ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरूद्ध सडक छिटो भन्दा छिटो सुचारू गराउने बताएका छन् ।

बाढी, पहिरो र डुबानका कारण अवरूद्ध हुन पुगेका सबै सडकहरू तत्काल सुचारू गराउने गरी कामलाई अघि बढाइएको पनि उनले स्पष्ट पारे । आइतबार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरूद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरूको प्रयोग गर्न पनि यातायात व्यवसायीहरूलाई आग्रह गरे ।

advertisement

उनले अवरूद्ध सडकहरू खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताए । मन्त्री घिसिङले सरकारले क्षति भएका ब्रिज तथा बेलिब्रिजहरूको जडान कार्यलाई पनि अघि बढाइसकेको बताए ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com