काठमाडौं । हालै देशका विभिन्न क्षेत्रमा आएका भूकम्प र अविरल वर्षाका कारण सडक संरचना व्यापक रूपमा क्षतिग्रस्त भएका छन्। बाढी, पहिरो र अन्य प्राकृतिक घटनाले राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार क्षतिग्रस्त सडकहरू छिटो मर्मत र पुनः सञ्चालनमा ल्याउन आवश्यक उपकरण, जनशक्ति र स्रोतहरू परिचालन गरिएको छ। विशेषगरी मुख्य राजमार्गका अवरुद्ध खण्डहरू खुलाउने कार्यलाई उच्च प्राथमिकता दिइएको बताइएको छ।

advertisement

मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सडक विभागका प्राविधिक टोलीहरू दिनरात खटिई, अवरुद्ध सडकहरू खुलाउने र क्षतिग्रस्त संरचना मर्मत गर्ने कार्य निरन्तर जारी छ।”

हालसम्म काठमाडौं–मुग्लिन–पोखरा र नारायणघाट–मुग्लिन खण्डमा अवरोध हटाइएर सवारीसाधन सञ्चालनयोग्य बनाइएका छन्। त्यस्तै, वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्गमा पनि अवरोध हटाउने तथा वैकल्पिक मार्ग (डाइभर्सन) निर्माण गर्ने कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय निकायसँग सहकार्यमा सडक सञ्चालनको काम तीव्र रूपमा भइरहेको जनाएको छ।

सडक अवस्थाबारे अद्यावधिक जानकारीका लागि नागरिकलाई सडक विभागको वेबसाइट वा कल सेन्टर ९८५१४१६८९३ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

मन्त्रालयले प्राकृतिक विपद्‌का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइते तथा प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ। साथै, कठिन घडीमा सबैले धैर्य र संयम अपनाउन अपिल गरेको छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com