एजेन्सी ।  युक्रेनको पूर्वाधारलाई लक्षित गरी राथिको समयमा भएको रुसी आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

उक्त आक्रमणमा ५०० लडाकु ड्रोन र ५० भन्दा बढी क्षेप्यास्त्र प्रयोग गरिएको र ती हतियारहरू किन्जल हाइपरसोनिक क्षेप्यास्त्र र क्रुज क्षेप्यास्त्रसमेत रहेका छन् ।

advertisement

आक्रमणमा पश्चिमी, दक्षिणी, उत्तरी, पूर्वी र मध्य युक्रेनका नौ क्षेत्रलाई निशाना बनाइएको उनले बताए ।

पश्चिमी एल्भिभ क्षेत्रमा एक १५ वर्षीय बालकसहित एकै परिवारका चार सदस्यको मृत्यु भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ ।

आक्रमण द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा गरिएको सबैभन्दा गम्भीर आक्रमण हो र यसले धेरै औद्योगिक र ऊर्जा सुविधाहरूलाई क्षति पुर्याएको छ।

आक्रमणका क्रममा स्प्यारो औद्योगिक पार्कमा आगो लागेको एल्भिभका मेयर एन्ड्री सदोभीले बताउनुभयो ।

स्थानीय अधिकारीहरूले उत्तरी चेर्निहिभ क्षेत्र र पश्चिमी इभानो–फ्रान्किभ्स्क क्षेत्रमा ऊर्जा सुविधाहरूसहित महत्वपूर्ण पूर्वाधारहरूमा पनि आक्रमण भएको जानकारी दिएका छन्।

रूसी सेनाले युक्रेनको सैन्य–औद्योगिक स्थलहरू र यसको ग्यास र ऊर्जा पूर्वाधारमा रातभर ठूलो मात्रामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले आइतबार पुष्टि गरेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com