काठमाडौं । हालैको भीषण वर्षाबाट प्रभावित इलामको अवस्थाको प्रत्यक्ष अवलोकन गर्न दुई मन्त्री आज इलाम जाँदैछन्। मौसम अनुकूल रहे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ओम प्रकाश अर्याल इलाम पुग्ने तयारीमा छन्।

मन्त्रीहरू काठमाडौँबाट नियमित उडानमार्फत झापाको भद्रपुर पुग्ने र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम जाने योजना रहेको सरकारी स्रोतले जनाएको छ।

advertisement

असोज १८ गतेको अविरल वर्षा र पहिरोका कारण इलाममा अहिले सम्म ३७ जनाको ज्यान गइसकेको छ भने दर्जनौं व्यक्ति घाइते र केही अझै बेपत्ता छन्। विपद्‌ले राजमार्ग, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

मन्त्रीहरूको टोलीले प्रभावित क्षेत्रको अवलोकन गरी उद्धार, राहत र पुनर्निर्माण सम्बन्धी अवस्थाको प्रत्यक्ष जानकारी लिने बताइएको छ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com