काठमाडौं । सिड्नीको व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएको अस्ट्रेलियाली प्रहरीले घोषणा गरेको छ ।

प्रहरीले संदिग्धलाई पक्राउ गर्नुअघि प्रहरी गाडीसहित बाटो हुँदै गइरहेका गाडीहरूमा अन्धाधुन्ध गोली चलाइरहेको बताएको छ ।

advertisement

न्यु साउथ वेल्स प्रहरीका स्टिफन पेरीले उक्त क्षेत्रमा ५० देखि १०० वटा गोली चलेको र प्रहरीले ६० वर्ष उमेरका संदिग्ध शूटरलाई पक्राउ गरेको जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य १९ जनाको काँचको टुक्राले गर्दा घाइते भएको पुष्टि गर्दै घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उच्च सुरक्षा व्यवस्था सामूहिक हत्या र अनियमित गोलीबारी दुर्लभ भएको अस्ट्रेलियामा हात हतियार सम्बन्धि कानूनहरू अत्यन्त कडा छन् ।

  • रासस

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com