काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेको थियो ।

advertisement

स्रोतका अनुसार प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै गरेर राखेको छ । ‘२४ घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने, नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिन्छौं भन्नुभएको छ,’ परिसर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले बताए

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com