काठमाडौँ । आईसीसी टी २० विश्वकप छनोट प्रतियोगिता बुधबार ओमानमा शुरु हुँदैछ। एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले कुवेतसँग खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ।

खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यूएईमा वेस्ट इन्डिजसँगको सिरिज जित्दै ओमान पुगेको नेपाली टोलीले त्यहाँ कतारसँग दुई अभ्यास खेल जितेपछि उच्च मनोबलमा छ।

advertisement

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। नेपालले कुवेतसँग विभिन्न प्रतियोगिता खेल्दै मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्न लागेको हो। नेपालको एउटै लक्ष्य विश्वकपमा छनोट हुनु रहेको कप्तान रोहित पौडेलले बताएका छन्। नेपालले यसअघि दुई पटक विश्वकप खेलिसकेको छ ।

यसपटक छनोट भएमा नेपालले तेस्रो पटक विश्वकप खेल्नेछ। नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेश तथा सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी(२० विश्वकप खेलेको थियो। अक्टोबर १७ तारिखसम्म हुने एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोली सहभागि हुनेछन्। सहभागी नौ टोली मध्ये ३ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स ९यूएई०, मलेसिया र कतार छन्। समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउनेछन् ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसिसी टी(२० विश्वकपमा स्थान बनाउने छन्।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com