काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिकास्थित लखन्देही नदीमा डुबेर युवकको मृत्यु भएको छ । १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार मलङ्गवा नगरपालिका ५, भाडसरस्थित लखन्देही नदीमा नुहाउन गएका उनीसहित चारजनालाई खोलाले बगाएको थियो। बगाएकामध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए।
घटनास्थलमा पुगेको प्रहरी टोलीले खोलामा तैरिरहेको अवस्थामा ठाकुरको उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले युवकलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया