काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको आवश्यकता झन् बढेको बताएका छन्। उनका अनुसार राष्ट्र नयाँ चुनौतीहरूको सामना गरिरहेको छ, तर त्यसबाट पछि हट्ने विकल्प छैन।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै पोखरेलले लेखेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेको छ। राष्ट्रसामु नयाँ चुनौती थपिएका छन्, तर तिनको सामना गर्नुको विकल्प छैन।’

advertisement

महासचिव पोखरेल लामो समयदेखि दुई दलीय राजनीतिक प्रणालीको वकालत गर्दै आएका छन्। उनले पार्टीभित्र र सार्वजनिक कार्यक्रमहरूमा समेत ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ अभियानअन्तर्गत दुई दलीय प्रणाली नै मुलुकको स्थायित्व र विकासका लागि आवश्यक रहेको तर्क गर्दै आएका छन्।

२०८१ साल असार ८ गते गृह जिल्ला दाङमा आयोजित कार्यक्रममा उनले पुनः दुई ठूला दलको प्रणाली नै देशका लागि उपयुक्त रहेको बताएका थिए। यसअघि, २०७९ सालको आम निर्वाचनका बेला पनि एमालेले दुई दलीय शासन प्रणालीको पक्षमा बहस चलाएको थियो।

२०७८ साल फागुन १५ गते दोलखा–काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलन उद्घाटन गर्दै पोखरेलले भनेका थिए, ‘जति धेरै पार्टी, त्यति धेरै अस्थिरता। जति धेरै पार्टी, त्यति धेरै झै–झगडा। त्यसैले अब लोकतान्त्रिक प्रणालीलाई दुई दलीय संरचनातर्फ लैजान जरुरी छ।’

हालैको जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा पनि पोखरेलले पुनः जोड दिँदै भनेका छन्— ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण अहिलेको समयको सबैभन्दा ठूलो आवश्यकता हो।’

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com