काठमाडौं । जेन-जी आन्दोलनका नेता सुधन गुरुङलगायतले पक्राउको दबाब दिइरहेका नेकपा (एमाले) नेता महेश बस्नेत आज पत्रकार सम्मेलन गर्दै छन्। हाल साइबर ब्युरोमा दर्ता भएको एक उजुरीसम्बन्धी अनुसन्धान तीव्र बनेको समयमा बस्नेतले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्नो पक्ष सार्वजनिक गर्ने तयारी गरेका हुन्।
हालै एक महिलाले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढिरहेको छ। बस्नेतले उक्त प्रकरणमा ब्युरो पुगेर बयान समेत दिएका छन्।
जेन-जी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनी र लुटपाट भएपछि आक्रोशित बनेका बस्नेतले आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्ने समूहहरूको पहिचान गरी कानूनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्। त्यसयता उनी र जेन–जी समूहका सुधन गुरुङबीच आरोप-प्रत्यारोपको क्रम जारी छ।
बस्नेतले आजको पत्रकार सम्मेलनमा हालका विवाद, साइबर उजुरी, र जेन–जी आन्दोलनबारे आफूमाथि लागेका आरोपसम्बन्धी विस्तृत जानकारी दिने जनाएका छन्। पार्टी स्रोतका अनुसार, बस्नेतकै पहलमा एमाले अध्यक्ष केपी शर्मा ओली हाल गुण्डुस्थित निवासमा राजनीतिक परामर्श र समीक्षा बैठकमा संलग्न रहेका छन्।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया