काठमाडाैं । वडा कार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका-३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन्।
उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउली लगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन्। वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए।
चार वर्षदेखि सागसब्जी लगाउँदै छु”, उनले भने, “वडाबाट सहयोग पाएपछि प्रोत्साहन मिलेको छ ।, वडाबाट अनुदान, तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिंदैं उनले भने।
किसानलाई अझ प्रोत्साहन गर्न उपकरण समेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उनको कथन छ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया