काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकारलाई आफूलाई पक्राउ गर्न चुनौती दिएका छन्। बुधबार साइबर ब्युरोमा बयान दिएर आएपछि पत्रकार सम्मेलन गरेका उनले प्रतिसोधको राजनीति नगर्न चेतावनी दिएका छन्।

आफूलाई राजनीतिक प्रतिसोधको सिकार बनाउन खोजिएको आरोप लगाउँदै उनले जेन–जी आन्दोलनमा घुसपैठ गरेर विध्वंस गरिएको आरोप लगाएका छन्। उनले आन्दोलनमा विध्वंस मच्चाउने सुदन गुरुङ लगायतकालाई पक्राउ गर्नु पर्ने बताए। यस विषयमा जाहेरी दिइसकेको भन्दै अव मुलुकभर यही अभियान चलाउने उनले बताए।

advertisement

‘हामी अव देशभर डिजी फोर्स गठन गरेर अगाडि बढ्ने छौ,’ उनले भने, ‘अब देशभर हामी डिजिटल जेनेरशन गठन गरेर अगाडि बढ्ने छौ।’

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com