काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसद् पुनर्स्थापनाको पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

पार्टीभित्र केही नेताहरूले संसद् पुनर्स्थापनालाई प्रमुख एजेन्डा बनाउनुपर्ने आवाज उठाइरहेका बेला निधि भने चुनावी तयारीमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। निधिले भने, ‘म संसद् पुनर्स्थापनाको पक्षमा छैन। अहिले पार्टीले चुनावको तयारीमा ध्यान दिनु अत्यावश्यक छ।’

advertisement

उनले आगामी निर्वाचनमा पार्टीलाई सक्षम बनाएर अघि बढाउन नियमित वा विशेष महाधिवेशनमा समय खर्च गर्नु उचित नहुने बताएका छन्। निधिले थपे, ‘पार्टीले गर्नुपर्ने कामहरू धेरै छन्। महाधिवेशनमा फँस्दा चुनावको तयारीमा समय खेर जान्छ। कार्यवाहक सभापति तोकेर पार्टीका कमजोरी सुधार्दै चुनावतर्फ अघि बढ्नुपर्छ।’

यसबीच, नेता कृष्णप्रसाद सिटौलाले भने संसद् पुनर्स्थापनाको पक्षमा आफ्नो धारणा राख्दै आएका छन्।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com