धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई राजीनामा दिन आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत साम्पाङले दुबै मन्त्रीलाई पदबाट राजीनामा दिएर ‘बदनामी’ बाट जोगिन सुझाव दिएका हुन्।

advertisement

उनले लेखेका छन्, ‘तत्काल राजीनामा दिएर बदनामीबाट बचून् — महावीर र कुलमान।’

त्यसपछि मेयर साम्पाङले काठमाडौंमा पक्राउ परेका अभियन्ता डा. निकोलस भुसालको तत्काल रिहाइको माग गर्दै वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाए। उनले सरकारले विदेशी स्वार्थका लागि काम गरिरहेको आरोप लगाउँदै यो सरकार ‘विदेशी दलाल र वैधताविहीन’ भएको टिप्पणी गरे।

 

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com