काठमाडाैं । सरकारले इलामलाई विपद् संगटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले इलामलाई तीन महिनासम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
अविरल वर्षापछिको बाढीपहिरोले इलाममा ३९ जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन् । एक जना बेपत्ता छन् ।
क्षतिको विवरण संकलनको काम जारी छ । घर बगाएका तथा विस्थापित भएकाको मात्र तथ्यांक अनुसार १०८ घर पूर्ण क्षतिग्रस्त बनेका छन् ।
क्षतिको विवरण संकलनको कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया