काठमाडाैं । प्रधामन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेकी छन् ।
मन्त्रिपरिषदको बैठक सकिएपछि प्रधानमन्त्री कार्की शीतलनिवासमा गएकी हुन् ।
जेन-जी आन्दोलनको एक महिना पुगेको अवसरमा जेन-जी समूहले गरेको कार्यक्रम, जेन-जी र जेन-जी शहीद परिवारको खबरदारीलगायतका विषय पेचिलो बन्दै आएपछि प्रधानमन्त्रीले राष्ट्रपति भेट्न पुगेकी हुन् ।
आज मन्त्रिपरिषदमा विपद र उत्पन्न परिस्थितिबारे छलफल भएको थियो ।
राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै सरकारका कामका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया