काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच शीतल निवासमा भेटवार्ता भएको छ।

मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की र मन्त्री खरेल राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

advertisement

स्रोतका अनुसार भेटवार्तामा हालैका बाढीपहिरोबाट भएको जनधनको क्षति, पछिल्लो राजनीतिक अवस्था र आगामी फागुन २१ गते निर्धारित निर्वाचनको तयारी लगायत विषयमा विस्तृत छलफल गरिएको थियो।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com