काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन–जी आन्दोलनको क्रममा आफ्नो पार्टीका संस्थापक नेताहरुको घर र आश्रमसमेत आगजनी गरिएको भएपनि आफूहरु फेरि उठ्ने बताएका छन् । पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले अहिलेको आवश्यकत्ता पार्टी पँक्ति नै एकताबद्ध हुनुपर्ने निश्कर्ष निकालिएको बताए । उनले भने,‘अहिले सम्पूर्ण पार्टीको एकताबद्ध हुनुपर्छ । सघन छलफल गरेर नतिजामा पुग्छौं ।’

जेन–जी आन्दोलनको घट्नाको विषयमा जाँचबुझ आयोगले छानबिन गरिरहेको अवस्थामा अहिले नै रमेश लेखकसहितलाई पक्राउ गर्न भनिएको विषयमा उनले आपत्ति जनाए । उनले भने,‘आयोग के को लागि बनेको छ ? छानबिनको लागि बनेको हो । आयोगले निश्कर्ष निकाल्नुपर्यो नि, घट्नामा को को संलग्न छन् भनेर ।’

advertisement

सञ्चारकर्मीले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पूनःस्थापनामा कांग्रेसको पनि साथ खोज्नुभएको छ नि भनेर सोधेको प्रश्नमा त्यो विकल्प बन्द गर्न नहुने बताए । उनले भने,‘संसद् पूनःस्थापनाको कुरामा पूनःस्थापनाको कुरा पहिलेपनि भनेको छ । तर, अहिले हामी विश्वसनीय निर्वाचनको पक्षमा छौं । हुन त संवैधानिक र कानूनी कोणबाट यो सरकार संवैधानिक होइन । कांग्रेस जहिल्यैपनि निर्वाचनको लागि तत्पर रहने पार्टी हो । सरकार गम्भीर नरहेको अवस्थामा फेरि देशलाई अनन्तकालको अस्थिरता र अनिर्णयको बन्दी बनाईदिनुहुँदैन । पूनःस्थापनाको विकल्प बन्द गर्नुहुँदैन ।’

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com