काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटाइएका अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ।

सरकारी मापदण्डभन्दा बढी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भन्दै गृहमन्त्रालयले उनीहरूका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको हो।

advertisement

स्रोतका अनुसार गृहमन्त्रीस्तरीय निर्णयमार्फत ओलीको सुरक्षा टोलीमा खटिएका २७ जना र प्रचण्डको सुरक्षा टोलीमा रहेका ३४ जना सुरक्षाकर्मी फिर्ता बोलाइएका छन्।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com